
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । प्युठान नगरपालिका-२ झारिवाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रम्भादेवी गाउँपालिका–४ पाल्पाका २३ वर्षीय डम्बर बहादुर सुनारी मगरको रा १ त २१८८ नम्बरको ट्याक्टर दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमाकान्त खनालले जानकारी दिनुभयो ।
ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा घाईते सुनारी मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij