
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । आफ्ना सेयर धनीहरूलाई प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । मंगलबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो ।
आर्थिक वर्ष २०७९–८०को कुल मुनाफाबाट सेयर धनीहरूलाई लाभांश नदिने र सोहीअनुरूपको वित्तीय विवरण बैंकले केन्द्रीय बैंकलाई पठाउने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट उक्त विवरण स्वीकृत भएपछि बैंकको वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गरिने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij