
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । खोलामा माछा मार्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४० वर्षीय लक्ष्मण सदाको कमला खोलामा डुबेर मृत्यु भएको हो ।
माछा मार्न गएका उनको सोही खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij