
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । चेक पोष्टमा चेक नगराइ भागेको कारबाट प्रहरीले २६ किलो लागुऔषध चरेस र गाँजा बरामद गरेको छ । प्रहरीले कारसहित चालक चितवन भरतपुर महानगरपालिका–२७ बस्ने ४२ वर्षका रोशनबहादुर दमाई र माडी नगरपालिका–६ बस्ने ५२ वर्षका देव नारायण महतोलाई नियन्त्रणमा लिएको छ ।
मकवानपुर हेटौँडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेक पोष्टबाट बा १४ च ३७०८ नम्बरको फरार भएको कार बाराको जितपुर सिमरा उपमहानगपालिका-२२ स्थित चुरियामाई मन्दिरनजिकको जंगलमा भेटिएको हो ।
कारबाट २६ किलो ८०० ग्राम लागुऔषध चरेस र गाँजा बरामद भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij