
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँसहित भारत पुर्वी चम्पारण घर भएका २१ वर्षीय रिकेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले बीआर ०५ यु ३४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij