Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अनलाइनमा ठग्ने प्रहरीको फन्दामा

अनलाइनमा ठग्ने प्रहरीको फन्दामा

  • काठमाडौँ । अनलाइन व्यापारको बहानामा ठगी गर्ने कार्यमा संलग्न एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ स्थायी ठेगाना भएका २५ वर्षीय रमेश श्रेष्ठ रहेका छन् ।

    images
    images
    images

    फेसबुक, टिकटक, इन्स्ट्राग्रामको मार्केट प्लेसमा अनलाइन खाता खोली उनले आईफोन १२ प्रो, आइफोन १३ प्रो जस्ता मोबाइलहरू बिक्रीमा राखेर विभिन्न बहानामा ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।

    सो उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । उनले विभिन्न व्यक्तिबाट ८ लाख ४ हजार ९८५ रुपैयाँ ठगी गरेको पाइएपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij