
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कैलालीको टिकापुर घर भई हाल काठमाडौँ बस्ने २८ वर्षीय रमेश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
गणेश अधिकारीसमेत ५ जनालाई न्यौपानेले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र होटलमा काम लगाइदिन्छु भन्दै ६४ लाख ४५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।
सम्पर्कविहीन भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो । न्यौपानेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij