काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको छ । संसदीय सुनुवाइ प्रक्रियामा रहेका उनीहरुविरुद्ध १० वटा उजुरी परेको समितिकी सहसचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् ।
बिहीबार बस्ने संसदीय सनुवाइ समितिमा हुने छलफलमा उनीहरू विरुद्धको उजुरी सांसदलाई वितरण गरिँदै छ । समितिले गत मंसिर ८ गते १० दिन उजुरी दिनका लागि सूचना प्रकाशन गरेर उजुरी आह्वान गरेको थियो ।