
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौ । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार राति कृष्णपुर नगरपालिका–४ को भित्री सडकखण्डमा सुप प्र ०१०१० प ३८८नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
सोही दुर्घटनामा हुँदा धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार चौधरी दुर्घटनामा गम्भीर घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । धनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा बुधबार उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय घुम्मन राना र पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २० वर्षीय महेश चौधरीको धनगढीमा उपचार जारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij