
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले एनसेलको पछिल्लो शेयर बिक्रीबारे थाहा नभएको जनाएको छ । लेखा समितिको बुधबार बसेको बैठकमा कार्यालयले प्रस्तुत गरेको पत्रमा पछिल्लो पटक भएको भनिएको एनसेलको शेयर खरिद बिक्रीबारे थाहा नभएको जनाएको हो ।
हालसम्म एनसेलको शेयर बिक्रीबारे कुनै पनि आधिकारिक पत्र नआएको कम्पनीले जनाएको छ । कर छल्ने नियतले मलेसियाको साझेदार कम्पनी आक्जियाटाले एनसेलबाट शेयर झिकेको विषयले अहिले निकै चर्चा पाइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij