
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको प्रहरी टोलीले अवैध चिनी बरामद गरेको छ । आज बिहान काभ्रेको रोशी गाउँपालिका–९ स्थित बीपी राजमार्गअन्तर्गत प्रहरी चेक पोस्टमा सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नम्बरको यात्रुबाहक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।
सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जनाएका छन् । बस र चालकबारे थप अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij