
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ मनिहर्वाका चोकट साह तेली रहेका छन् ।
प्रत्यक्षदर्शी स्थानीय शिक्षक हरिराज प्रसाद यादवले मंगलबार दिउँसो बाख्राका लागि स्याउला टिप्न घर नजिकैको रुखमा चढेका बेला ११ हजार भोल्टको तारमा छोइदा करेन्ट लागेर तेलीको घटनास्थलमै मृत्यु भएको जनाएका छन् ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले तेलीको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको जनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij