Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ

श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ

  • काठमाडौँ । धादिङको धुनीबेसी नगरपालिका–२ मा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय रामचन्द्र बलयकोटी रहेका छन् । श्रीमती २१ वर्षीया पवित्राको उनले हत्या गरी शव धैरेनी सामुदायिक वनको बाटोमा फालेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्र.नि. देवेन्द्र ब.शाहको कमाण्डमा खटिएको टोलीले आइतबार हत्या गरी भागेका रामचन्द्रलाई गएराति पक्राउ गरेको हो । जिल्ला प्रहरीका अनुसार उनले श्रीमतीको अनुहार, घाँटी र पाखुरासहित ८ ठाउँमा धारिलो हतियार प्रहार गरेका छन् । 

    images

    बयलकोटीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । साथै , प्र.नि.देवेन्द्र ब.शाहको कमाण्डमा खटेको प्रहरी टोलिले घटना घटेको ८ घण्टामै पक्राउ गर्न सफल भएको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij