Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

खैरो हिरोइनसहित दुई जना पक्राउ

खैरो हिरोइनसहित दुई जना पक्राउ

  • काठमाडौँ । स्कुटीमा लिएर आएको लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । मकवानपुर हेटौडा उपमहानगरपालिका–१ बस्ने वर्ष २४ को समिप श्रेष्ठ र पछाडि सवार सोही स्थानका बर्ष २८ को सुवास पौडेललाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    रक्सौलबाट वीरगञ्जतर्फ ना.३० प ७७४६ नम्बरको स्कुटीमा आउँदै गरेको दुबै जनालाई चेकजाँच गर्नेक्रममा खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमारबिक्रम थापाका अनुसार पौडेलले लगाएको हुडीभित्र बाँया हाँतको भागमा लुकाइछिपाइ राखिएको लागुऔषध खैरो हिरोईन ०.६२० मिलिग्राम बरामद गरिएको हो । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij