Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ

  • काठमाडौँ । भक्तपुर चेम्बर अफ कमर्सको छैटौँ वार्षिक साधारण सभासँगै सम्पन्न भएको तेस्रो अधिवेशनबाट कविदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । 

    images
    images
    images

    कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ, एशोसियट्स तर्फको उपाध्यक्ष जगत बहादुर श्रेष्ठ, चारैवटा नगरतर्फका उपाध्यक्षहरूमा क्रमशः भक्तपुरबाट राधे सुन्दर साँयजू, मध्यपुरथिमिबाट चन्द्रभक्त श्रेष्ठ, चाँगुनारायणबाट गोकुल प्रसाद प्रजापति र सूर्यविनायकबाट माधव प्रसाद प्रजापति चयन भएका छन् । त्यस्तै महासचिवमा ज्ञानेन्द्र मानन्धर र कोषाध्यक्षमा सुरेन्द्र जाकिबन्जार चयन भएका छन् ।

    images

    सदस्यहरूमा अष्टबज्र बज्राचार्य, विजय हाछेथु, न्हुछे राम धुख्वा, पशुपति भुसाल, जीवन मारिखु, विक्रम प्रजापति, नानिबाबु थापा र कुलदिप जिसी चयन भएका छन् । यसैगरी सभाबाट प्रश्रित भोयद्योलाई कार्यसमितिमा मनोनीत समेत गरेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij