
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । आज ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा राजधानीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ । यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित सो दिवस मनाइएको छ ।
भद्रकालीदेखि सुरू भएको प्रभातफेरी कार्यक्रम भृकुटीमण्डप पुगेर भेला भई समापन भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij