Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • काठमाण्डौ । काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    काठमाडौंबाट सिन्धुलि तर्फ जाँदै गरेको बाप्र. २–०२४ प ४०९२ नम्बरको मोटरसाइकल बिहीबार बिहान वीपी राजमार्गमा अनियन्त्रित भई पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार सोही दिशाबाट आउँदै गरेको बा ४ ख ७५१८ नम्बरको बसको पछाडिको भागले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने काठमाडौं महानगरपालिका–११ बस्ने ६१ वर्षीया बिन्दा गिरीको मृत्यु भएको हो । 

    images

    उपचारको क्रममा गिरीको धुलिखेल अस्पतालमा मृत्यु भएको छ भने मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–११ बस्ने ज्ञानराज गिरीको दाहिने हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले ठक्कर दिने बस र चालक तथा मोटरसाइकल ईलाका प्रहरी कार्यालय मङ्गलटारको नियन्त्रणमा रहेको जनाएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij