Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

यात्रुलाई अलपत्र पारी प्रधानमन्त्री बोकेर उड्यो विमान

यात्रुलाई अलपत्र पारी प्रधानमन्त्री बोकेर उड्यो विमान

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई लिएर दुबई जाने क्रममा नेपाल एयरलाइन्सको विमानले अन्य ३१ यात्रुलाई काठमाडौंमै अलपत्र पारेको छ । बुधबार बेलुका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टिमलाई लिएर विमान उडेको हो ।

    images
    images
    images

    सो जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि हिडेका नेपाली थिए । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दाहालसहितको टोली गएराति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गरेका थिए ।

    images

    त्यही जहाजमा टिकट काटेका अन्य यात्रु भने दुबई जान पाएनन् । नेपाल एयरलाइन्सका अनुसार यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको छ। यात्रुहरु निर्धारित समय ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसेकेका थिए ।

    images

    तर नियमित उडान समयभन्दा दुई घण्टा अघि सारेर प्रधानमन्त्रीलाई लिएर जहाज दुवई उड्यो । छुटेका यात्रुलाई ज्ञानेश्वरस्थित एक होटलमा राखिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij