Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बर्दिया र कञ्चनपुरबाट लागूऔषधसहित चार जना पक्राउ

बर्दिया र कञ्चनपुरबाट लागूऔषधसहित चार जना पक्राउ

  • काठमाडौँ । बर्दिया र कञ्चनपुरबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २८ वर्षीय सुजन पुन मगर रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीलेउक्त पदार्थसहित पक्राउ गरेको हो ।

    त्यसैगरी,  कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४९ मिलिग्रामसहित ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने बेदकोट नगरपालिका-१ बस्ने २३ वर्षीय सुनिल डगौरा समेत ३ जना रहेका छन् ।

    उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij