
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । अर्घाखाँचीमा पासोमा परि उद्वार गरिएको चितुवाको मृत्यु भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जंगलमा पासोमा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
त्यस लगतै डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट उद्वार गरिएको थियो । घाइते अवस्थामा फेला परेको चितुवा डिभिजन वन कार्यालयको खोरमा राखिएको चितुवाको विभिन्न ठाँउमा चोट लागेको थियो ।
चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत यादव सापकोटाले बताए । पासो कसले थापेको विषयमा थप अनुसन्धान समेत भएको सहायक वन अधिकृत सापकोटाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij