
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति युवराज राईमाथि आक्रमण गर्ने तीन जना पक्राउ परेका छन् । मंगलबार क्याम्पसबाट घर फर्कने क्रममा राईमाथि आक्रमण भएको हो ।
सभापति राईले क्याम्पसमा नि:शुल्क छात्रवृत्तिको विषयलाई लिएर एमालेनिकट अनेरास्ववियुका उमेश परिवार, नयन राई र राजेश राईको समूहले आक्रमण गरेको जनाए ।
तीन जनाको समूहले खुकुरी लिएर आफूलाई मार्ने उद्देश्यले आक्रमण गरेको उनको आरोप छ । राईले आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका छन् । आक्रमण गर्ने तीनै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij