
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा अझै पनि टिकटक चलिरहेको पाइएपछि कडा कदम चाल्ने भएको छ । सामाजिक सद्भाव खल्बलिने गरी समाजमा नकारात्मक असर परेको भन्दै सरकारले गत कार्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
प्राधिकरणले अहिलेसम्म पनि टिकटक पूर्ण रुपले बन्द नभएपछि कडा कदम चाल्ने भएको हो । आजभित्र टिकटक बन्द गरेको जानकारी नदिए ५५ वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ ।
नियामक प्राधिकरणले टिकटक बन्द गरे नगरेको जानकारी गराउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो । हालसम्म विभिन्न ५५ वटा सेवा प्रदायकहरुले टिकटक बन्द गरेको छ वा छैन भन्नेबारे जानकारी नपाएकाले आजभित्र जानकारी गराउन निर्देशन दिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij