
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भनी ठगी गर्ने दुई जना पक्राउ परेका छन् । रोल्पा गङ्गादेव गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ गंगबुमा बस्ने ३९ वर्षीय निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
डाँगीले पोर्चुगलमा जान प्रतिव्यक्ति १६ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित होटेलमा मासिक एक लाख २० हजार रुपियाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पीडित जोनसन श्रेष्ठसँग पटक–पटक गरी दश लाख रुपियाँ लिई सम्पर्कविहीन भएका थिए ।
त्यस्तै, पाल्पा रब्दिकोट नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल काठमाडौँ वसुन्धरा बस्ने ३३ वर्षीय चक्र पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरेलले पीडित दीपेश तामाङलाई कुवेत जान दुई लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ६० हजार रुपियाँ तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए ।
उनले पटक–पटक गरी एक लाख रुपियाँ रकम लिई सम्पर्कविहीन रहेका पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij