
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ८१ प्रतिशत फेल भएका छन् ।
पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना १९दशमलव ३४ प्रतिशत मात्रै पास भएको परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिले जनाएका छन् । बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधा भन्दा बढी फेल भएका छन् ।
बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३ प्रतिशत) पास भएका छन् । शनिबार सम्मन्न गरेको ३४ औँ नाम दर्ता परीक्षाका लागि परिषद्ले नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टर ताकेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij