
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । दुर्गा प्रसाईं संयोजकत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालले आज भक्तपुरमा गर्ने भनेको कार्यक्रम स्थगित गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै महाअभियानको सचिवालयले आज भक्तपुरको दरवार क्षेत्र भित्र गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
आज महाअभियानले सांस्कृतिक कार्यक्रम मात्रै गर्ने भएको छ । बिहान ११ बजेदेखि एकैपटक कलंकी, बालाजु बिजी मल र रत्नपार्कमा सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij