Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्न आयोगको प्रस्ताव

आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्न आयोगको प्रस्ताव

  • काठमाडौँ । निर्वाचन आयोगले सरकारलाई राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ ११ गतेको मिति प्रस्ताव गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले माघ ११ गते निर्वाचन गर्नेगरी मिति तोक्न सिफारिस गरेिएको जानकारी दिए । 

    images
    images
    images

    बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई आयोगका पदाधिकारीहरूले भेटेर मिति प्रस्ताव गरेको हो । प्रधानमन्त्रीले पनि आयोगले तोकेअनुसार नै मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता पौडेलले बताए । 

    राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि फागुन २० गते समाप्त हुँदैछ । राष्ट्रिय सभा सदस्‍य निर्वाचन ऐन, २०७५ बमोजिम रिक्त हुने समयभन्दा ३५ दिन पहिले नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । सो अनुसार आयोगले सरकारलाई आज मिति प्रस्ताव गरेको हो । आयोगले माघ १५ गतेभित्रै राष्ट्रिय सभा सदस्यको पदपूर्ति गर्न त्यसदिन मिति तोकेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij