
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । फिल्म निर्माता तथा अभिनेता किरण नेपाली कार दुर्घटनामा घाइते भएका छन् । उनी चढेको कार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ चौकीधारमा दुर्घटना भएको छ ।
उनी चढेको कार सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा किरणको मेरुदण्डमा गम्भीर चोट लागेको छ । उनको अहिले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
किरणले अभिनय गरेको फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । उनले निर्माण गरेको फिल्म ‘दुई नम्बरी’ बक्स अफिसमा हिट भएको थियो भने अर्को फिल्म ‘हात्तीछाप’ माघ २६ गते रिलिज हुने तयारीमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij