Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

नुवाकोटको गुर्जेमा गाडी दुर्घटना

नुवाकोटको गुर्जेमा गाडी दुर्घटना

  • काठमाडौं ।  रोकिराखेको टाटासुमो गाडी एक्कासी गुडेर भीरबाट खस्दा ६ जना घाइते भएका छन् । काठमाडौंबाट नुवाकोट दुप्चेश्वर गाउँपालिका-६ समुन्द्रटारतर्फ गइरहेको ना १ ज ६३३१ नम्बरको टाटा सुमो गुर्जेमा दुर्घटना भएको हो ।

    images
    images
    images

    शिवपुरी गाउँपालिका-६ गुर्जेमा उक्त गाडी 'ह्यान्ड ब्रेक' नलगाई चालक शौचालय निस्किएपछि अचानक गुड्न गई करिब ३ सय मिटर तल भीरमा बसेको हो । प्रहरीका अनुसार घाइते ६ जनामा धेरैजसो बालबालिका रहेका छन् ।

    images

    घाइते सबैको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालकलाई नियन्त्रण लिई कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij