
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु भएको छ । विशेष गरी तराई मधेशमा मनाईने छठ पछिल्ला वर्षमा काठमाडौं उपत्यकालगायत पहाडि भेगमा समेत मनाउन थालिएको छ ।
जनकपुरको प्रसिद्ध गंगासागरलगायत, विभिन्न जलाशय तथा काठमाडौंको पशुपति क्षेत्रस्थित गौरीघाटलगायतका क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको हो । गौरीघाटमा छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो । छठ पूजाको सबै तयारी अन्तिम चरणमा पुगेको भन्दै बत्ति, टेन्ट सबैको काम भईरहेको गौरीघाट छठ पूजा व्यवस्थापन समिति अध्यक्ष अनिलकुमार सिंहले जानकारी दिएका छन् ।
गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौंका २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ । यस वर्ष मंसिर ३ गते आइतबार छठ पर्वअन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।
यस्तै, मंसिर ४ गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij