
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छ्न् । आदर्श गाउँपालिका-२ कुचेडा बजार बस्ने ५४ वर्षीय पदम बहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ बस्ने ४८ वर्षीय नाउटे खड्का सहित १२ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले नगद १ लाख ८४ हजार ६ सय ८० रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij