Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

प्रधानमन्त्री दैवी प्रकोप कोषमा साढे ८ करोड मात्र संकलन

प्रधानमन्त्री दैवी प्रकोप कोषमा साढे ८ करोड मात्र संकलन

  • काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गत १७ कात्तिक राति भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भयो । भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चल्यो । तर, राहत संकलन भने मात्र साढे ८ करोड रुपैयाँ भएको छ।

    images
    images
    images

    बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले यस्तो जानकारी गराएको हो । कार्यालयको पछिल्लो तथ्यांक अनुसार ८ करोड ४० लाख २६ हजार ६९७ रुपैयाँ संकलन भएको छ । लगभग तीन दर्जन संघसंस्था तथा व्यक्तिले कोषमा सहायता दिएका छन् ।

    images

    एक करोडभन्दा माथि सहयोग गर्नेमा मिनबहादुर गुरुङ (१ करोड ११ लाख ११ हजार), बुद्ध एयर (१ करोड), राष्ट्रिय वाणिज्य बैंक (१ करोड), ग्लोबल आईएमई बैंक (१ करोड) र सूर्य नेपाल प्रालि (१ करोड) रहेको छ । त्यस्तै नेपाली कांग्रेसले ५० लाख रुपैयाँ जम्मा गरेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij