
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध एक लाख ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालले जनाएका छन् ।
आयोगका अनुसार उनीहरुविरुद्ध भ्रष्टाचार नियन्त्रण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij