काठमाडौँ । घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका कलाकार प्रकाश घिमिरे डिस्चार्ज भएका छन् । पोखराको नदिपुरमा घाँस काट्ने क्रममा उनी कात्तिक १० गते लडेर घाइते भएका थिए ।
उनलाई केही दिन आइसियुमा राखेर उपचार गरिएको थियो । अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. अभिषेक मास्केले टाउकोको चोट ठीक भएको र फोक्सोको अवस्था पनि सामान्य हुँदै गइरहेको जानकारी दिए ।