
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले मूल्यवृद्धि र कालोबजारी रोक्न माग गर्दै नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाएको छ ।
बुधवार मन्त्री रिजाललाई भेटेर आर्थिक तरलता कारण राष्ट्रिय संकट आइपरेका बेला कृत्रिम अभाव सृजना गरी मूल्य वृद्धि र कालोबजारी बढेको भन्दै युवा संघका संयोजक कृष्ण विश्वकर्माको नेतृत्वको टोलीले नेपाल सरकारको ध्यानाकर्षण गराएको संघका नेता मनोज खत्रीले जानकारी दिए । ज्ञापन पत्र मार्फत संघले रोजगारी सिर्जना गर्नतर्फ पहल नगरेको तथा महँगी नियन्त्रणमा समेत चासो नदिँदा जनआक्रोश चुलिएको सन्दर्भलाई बुझ्न विलम्ब नगर्न सरकारलाई भनेको छ ।
युवा संघले जनताले प्रत्यक्ष अनुभूति गर्नगरी खाद्य पदार्थ लगायत अत्यावश्यक सामग्रीहरूको मूल्य समायोजन गरी राहत दिन सरकारलाई १० दिनको समय दिएको र उक्त अवधिमा माग पुरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij