
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । सप्तरीको बोदे बर्साइन नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक बैजनाथ साह लागुअौषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी सप्तरीका प्रवक्ता एवम् डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरको मोटरसाइकलमा लागुअौषध राखेर फसाउने षड्यन्त्र गरेको आरोपमा सह-संयोजक साहलाई पक्राउ गरिएको हो ।
ठाकुरको लुम्बिनी ५५ प ५४३९ नम्बरको मोटरसाइकलमा सह-संयोजक साहले नाइट्राभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट लागुअौषध राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको न्यौपानेले जनाए । त्यही आरोपमा बोदे बर्साइन नगरपालिका-५ जाँजरका मोनजामुद्विन इराकीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij