Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

कार्यकारी अधिकृतमाथि हातपात गर्ने उपाध्यक्षमाथि सार्वजनिक अपराध मुद्दा दर्ता

कार्यकारी अधिकृतमाथि हातपात गर्ने उपाध्यक्षमाथि सार्वजनिक अपराध मुद्दा दर्ता

  • काठमाडौँ । कार्यकारी अधिकृतमाथि हातपात गरेका कपिलवस्तुको शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरीमाथि सार्वजनिक अपराध मुद्दा दर्ता भएको छ । कार्तिक १६ गते प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि गाउँपालिका उपाध्यक्ष चौधरीले गालीगलौच, हातपात र तोडफोड गरेको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको हो ।

    images
    images
    images

    प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले सोमवार दिउसो ४ बजेतिर उपाध्यक्ष चौधरीविरुद्ध मुलुकी अपराधिकसंहिता २०७४ को परिच्छेद ५ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता भएको जानकारी दिए ।

    images

    पक्राउ पुर्जी भने जारी भएको छैन । फाइल प्रशासन कार्यालयमा सो मुद्दाको पेश गरिएपछि प्रजिअ शंकरहरि आचार्यले अनुमति दिएपछि पक्राउ पुर्जी जारी हुने कानुनी प्रावधान छ । यता, गाउँपालिका र ६ वटै वडाका कर्मचारीहरू उपाध्यक्षलाई कारबाहीको माग गर्दै ५ दिनदेखि कार्यालय बन्द गरी विरोधमा उत्रेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij