
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । सिरहाको गोलबजार नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै परिवार र स्थानीयले चक्काजाम गरेका छन् ।
बिहानैदेखि उनीहरूले मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारी प्रदर्शन गरिरहेका छन् । गोलबजार नगरपालिका –३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह आफ्नै विद्यालयमा आइतबार बिहान मृत भेटिएका थिए ।
साह पासो लागेको स्थानमा रगत देखिएकाले आत्महत्या नभई हत्या भएको परिवारको आरोप छ । घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने र उचित न्याय पाउनुपर्ने परिवारजनले माग गरेका छन् । साहको शव पोस्टमार्टमका लागि टिचिङ्ग हस्पिटल काठमाडौं लगिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij