
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर शुक्रबार मध्यरातमा गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ ।
आइतबार बसेको समाजवादी पार्टीको बैठकले पीडितहरुको उद्दार तथा राहतमा खट्न पार्टी पङ्तिलाई निर्देशन दिएको छ । पार्टीका उपाध्यक्ष भक्तबहादुर शाहको नेतृत्वमा उद्धार र राहतलाई प्रभावकारी बनाउन ३ सदस्यीय टिम बनेको छ । कार्यालय प्रमुख रोशन पोखरेलले राहतका लागि खाद्यान्न लगायतका सामाग्री संकलन गर्ने निर्णय पनि भएको जानकारी दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij