Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

  • काठमाडौँ । समाजिक सञ्जालबाट महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

    images
    images
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी उपरीक्षक) रविन्द्र रेग्मीले पक्राउ पर्नेमा मोरङको बिराटनगर-६ का २४ वर्षीय गौरब जैन र भोजपुरको भोजपुर-९ का ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेको जानकारी दिनुभयो ।

    समाजिक संजालमा फोनमार्फत् महिलालाई सम्पर्क गर्न सकिने र महिलाहरुको फोटोसमेत उपलब्ध गराएर छनौट गरे अनुसारको मूल्य तिरेपछि केटी उपलब्ध गराइने भन्दै समाजिक संजालमार्फत् ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई बिहिबार बिराटनगरबाट पक्राउ गरेको हो ।

    उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको छ ।    

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij