
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर- ६ स्थायी घर भइ हाल पोखरा बस्ने ५३ वर्षीय कमल प्रसाद श्रेष्ठ रहेका छन् ।
उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । श्रेष्ठलाई पक्राउ गर्न पीडित विनिता पौडेलले प्रहरीमा उजुरी दिएकी थिइन् ।
बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पूर्जी जारी भएपछि फरार रहेका श्रेष्ठलाई ठमेलबाट पक्राउ गरिएको हो । उनलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि प्रहरी कार्यालय कास्की पठाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij