
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै महिला अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मीहरूले कैद माफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
यो घटनाले संविधानको धज्जी उडाएकाले आफूहरु प्रदर्शनमा उत्रिनु परेको महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले बताइन् । अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताइन् ।
मृतककी पत्नी भारती मानन्धर उनलाई कैद मिनाहा दिइएको भन्दै त्यसको विरोधमा माइतीघरमा अनशनरत छिन् । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरेर हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका रिगललाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij