
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका जानकारी दिए ।
मलेसियन एयरलाइन्समार्फत सोमवार काठमाडौं आएका धामीले टीभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको उनले जनाए । उक्त विषयमा आवश्यक अनुसन्धान शुरू भएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij