
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । कञ्चनपुरका दुई जुवाखालबाट चार लाख नगदसहित २५ जना पक्राउ परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया र भीमदत्त नगरपालिका– १९ बागफाँटाका दुई जुवाखालबाट उनीहरू पक्राउ परेका हुन् । गुलरियाबाट १५ र बागफाँटाबाट १५ जुहाडे चार लाख ३१ हजार पाँच सय पाँच रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गुलरियाकाे मदिरा पसलबाट जुवा खेलिरहेको अवस्थामा दुई लाख नगदसहित १५ जना र भीमदत्त नगरपालिका- १९ बागफाँटाकाे जुवाखालबाट दुई लाख ७७ हजार पाँच हजार पाँच रुपैयाँ नगदसहित १० जनालाई प्रदेश र स्थानीय प्रहरीकाे टाेलीले पक्राउ गरेका हुन् । गोप्य सूचनाका आधारमा प्रहरी टोलीले जुवाखालबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij