Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

‘रिगल’ को कैद माफीविरुद्ध सर्वोच्चमा रिट

‘रिगल’ को कैद माफीविरुद्ध सर्वोच्चमा रिट

  • काठमाडौं । नेपालगञ्जमा मान्छे काटेको अभियोगमा कैद सजाय पाएका रिगल भनिने योगराज ढकाललाई दिएको कैद माफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

    images
    images
    images

    अदालतबाट जन्मकैद सजाय पाएका रिगललाई राष्ट्रपतिले दिएको कैद माफीविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । चेतन मानन्धरको हत्यामा जन्मकैदको सजाय पाएका रिगललाई संविधान दिवसका अवसरमा सरकारले असोज ३ गते कैद माफी दिएको थियो ।

    कैद माफीपछि रिगल गाडीको लावालस्करसहित दाङ कारागारबाट नेपालगञ्ज पुगेर सार्वजनिक कार्यक्रम गर्दै हिँडेका थिए । आफ्ना श्रीमानका हत्यारालाई आममाफी दिइएको भन्दै न्यायका लागि काठमाडौं आएकी भारतीले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij