Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

म्याद गुज्रिएको बियर बजारमा

म्याद गुज्रिएको बियर बजारमा

  • काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ । विभागका अनुसार बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर नष्ट गरिएको छ।

    images
    images
    images

    काठमाण्डौको धुम्बाराहीबाट बरामद भएको बियर चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको विभागले जनाएको हाे । बियर कम्पनीको नाम भने विभागले खुलाएको छैन । 

    images

    हिजो काठमाण्डौको पेप्सीकोला, बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा विभागले अनुगमन गरेको छ । विभागले पेप्सीकोलामा रहेको एक किराना पसललाई सिल गरिएको जनाएको छ । यो महिनाको शुरुवातदेखि विभागले चाडपर्व लक्षित अनुगमन गरिरहेको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij