
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा मेनपावर सञ्चालक पक्राउ परेका छन् । Genuine Placememt Pvt.Ltd का सञ्चालक ५० वर्षीय डिल्लीराम खतिवडालाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङ लेटाङ नगरपालिका -२ घर भइ हाल काठमाडौंको धुम्बाराही विष्णु गल्तीमा बस्दै आएका खतिवडा कोटेश्वरबाट पक्राउ परेका हुन् । वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै ढकराज आचार्यसहित १२ जनालाई ४६ लाख ठगी गरेको आरोप खतिवडामाथि छ । उनलाई थप अनुसन्धान र कारवाहीका लागि रोजगार विभाग ताहाचाल पठाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij