Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

जागिरको प्रलोभनमा भारतमा बेचिएका दुई नेपाली युवतीको उद्धार

जागिरको प्रलोभनमा भारतमा बेचिएका दुई नेपाली युवतीको उद्धार

  • काठमाडौँ । जागिरको प्रलोभनमा भारतमा बेचिन पुगेका दुई नेपाली युवतीको उद्धार गरिएको छ । केआइएन इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईले तीन महिनाअघि कामको शिलशिलामा भारतमा पुर्‍याइएका सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई शनिबार नेपाल ल्याइएको जनाए । 

    images
    images
    images

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको पहलमा केआइएनले उद्धार गरेको हो । गाउँकै दिदी पर्ने एक महिलाले उनीहरूलाई राम्रो काम लगाइदिन्छु भन्दै दिल्ली पुर्‍याइएकी थिइन् । उनीहरूलाई त्यहाँ पुर्‍याएर ती महिला भने फर्किएकी थिइन् ।

    images

    यहाँबाट भागे उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिने र थुनामा राख्ने धम्की दिएपछि बाध्यतामा परेको दु:खेसो पोखेका छन् । भट्टराईले केआइएन इन्डियाले गोप्य सुचना प्राप्त भएसँगै नेपाली दूतावास, महिला मन्त्रालयको पहलमा उनीहरूको उद्धार भएको बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij