
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । एशियाली विकास बैंक (एडीबी)ले नेपाललाई १० करोड अमेरिकी डलर ९१३ अर्ब २६ करोड० रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ । नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रीकरण गर्न सहुलियतपूर्ण ऋण खर्च हुने एडीबीले जनाएको छ ।
सन् २०२५ सम्म वित्तीय संरचनागत सुधारका लागि सहयोग महत्त्वपूर्ण मानिएको छ । एडीबीको यो कार्यक्रमले पुँजीगत खर्चको मात्रासँगै गुणस्तर वृद्धि, वित्तीय जोखिम न्यूनीकरण, सार्वजनिक निकायमा सुधारका साथै वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्ने एडीबीका सार्वजनिक व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij