काठमाडौं । बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । भण्डारी लुम्बिनी प्रदेश क्रिकेट संघको उपाध्यक्ष समेत हुन् । भण्डारीले पहिलो पटक केन्द्रीय निर्वाचन लड्न लागेका हुन् ।
अध्यक्ष चतुरबहादुर चन्द नै फेरि अध्यक्षमा दोहोरिने तयारीमा छन् । आज शुक्रबार क्यानको साधारणा सभा सुरु भएको छ । कार्य समिति चयनका लागि भोलि शनिबार चुनाव हुनेछ ।