
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा बिहीबारदेखि ‘नेपाल एजुकेसन एण्ड टोय एक्स्पो’ सुरु भएको छ । उक्त प्रदर्शनी भोलिसम्म जारी रहनेछ ।
उक्त प्रदर्शनीको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सूचना र प्रविधिको अहिलेको युगमा पुस्तक तथा छापिएका सामग्रीसँगसँगै अन्य शैक्षिक सामग्रीहरू डिजिटल गर्न नसकिए पुस्तकको अस्तित्व नै हराउन सक्ने बताए ।
आगामी दिनमा खेल सामग्री र पाठ्यपुस्तक एकै छानामुनि राखेर व्यवसाय गर्न पनि उनले सुझाव दिए । प्रदर्शनीमा बालबालिकाका लागि उपयोगी शैक्षिक खेलौना गाडी, बाइक, किताब, कापी, पिङ, चेस, लुडोलगायतका सामग्री राखिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij